१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री पक्राउ

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिना घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन्।

अस्ट्रेलियाको पूर्वी सिड्नीको उपनगर बोन्डीमा उनलाई पक्राउ गरिएको हो। परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ।

स्थानीय समयअनुसार शनिवार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो।

आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो। उनीविरूद्ध वास्तविक शारीरिक क्षति पु¥याएको आरोपबारे अनुसन्धान भइरहेको छ। रारास

प्रकाशित: २३ असार २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App