२० मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी राष्ट्रपतिद्वारा खाद्य सुरक्षा प्रणालीलाई बलियो बनाउन आह्वान

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले शुक्रबार सुरक्षित, स्वच्छ र पौष्टिक खाना सुनिश्चित गर्न खाद्य सुरक्षा प्रणालीलाई सुदृढ पार्नु महत्त्वपूर्ण भएको बताएका छन्।

अनुसन्धानमा लगानी गर्नुका साथै सम्बोधन गर्न नवीनतम प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकतालाई उनले जोड दिए।‘खाद्य सुरक्षा साझा जिम्मेवारी हो । यसमा सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ । हामीले हाम्रा जनताको हितका लागि खाद्य सुरक्षाको उच्चतम मापदण्डहरू पालना गर्न आवश्यक छ’, राष्ट्रपतिले विश्व खाद्य सुरक्षा दिवसको अवसरमा आफ्नो सन्देशमा भने ।

जरदारीले खाद्यजन्य रोगहरू र विश्वव्यापी महामारीहरू आजकल बढ्दै गएको भन्दै उचित सरसफाइमा जोड दिन र खाद्य प्रणालीको रक्षा गर्न सक्रिय कदमहरू चाल्न जरुरी भएको बताए।खाद्य सुरक्षाको सन्दर्भमा अप्रत्याशित परिदृश्यका लागि तयारी गर्न खाद्य शृङ्खलामा सम्भावित जोखिम र कमजोरीहरूको पूर्वानुमान र न्यूनीकरण गर्न बलियो उपायहरू लागू गर्न आवश्यक भएको उनको भनाइ छ । उहाँले भन्नुभयो, ‘खाद्य निगरानी प्रणालीमा लगानी गर्न, सान्दर्भिक प्रयोगशालाहरूलाई बलियो बनाउन र आपत्कालीन प्रतिक्रिया सुधार गर्न आवश्यक छ ।’

राष्ट्रपति जर्दारीले उत्तम कृषि अभ्यासहरू प्रवर्द्धन गर्नाले खाद्यजन्य रोगहरूको सम्भावना कम गर्न र मुलुकको खाद्य आपूर्तिको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्ने बताए ।राष्ट्रपतिले टेलिभिजन र अन्य सामाजिक सञ्जालका माध्यमबाट खाद्य सुरक्षा, स्वच्छता र स्वच्छ खानाबारे जनतामा चेतना जगाउन पनि आग्रह गरे ।

प्रकाशित: २५ जेष्ठ २०८१ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App