२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीले वाराणसीबाट गराए उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनले उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि मङ्गलवार तेस्रो पटक आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउनु अघि उनले वाराणसीको दश्वाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजाआरधना गरेका थिए।

प्रधानमन्त्री मोदीको उम्मेदवारीको क्रममा भारतीय जनता पार्टीका राष्ट्रीय अध्यक्ष जेपी नड्डा, वर्तमान सरकारका केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू उपस्थित थिए।

तेस्रो पटक वाराणसीबाट चुनाव लड्न लागेका प्रधानमन्त्री मोदीको विपक्षमा कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८१ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App