७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवाल अझै ४ दिन हिरासतमै रहने

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप चार दिन हिरासतमै रहने भएका छन्। 

रक्सी नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीवार समय माग गरेपछि उनलाई अदालतले थप ४ दिन हिरासतमै राख्न समय दिएको बीबीसीले जनाएको छ।

ईडीले अदालतसँग कजेरीवाललाई ७ दिन हिरासतमा राख्न समय माग गरेको थियो।

ईडीले गत साता केजरीवालसँग सोधपुछ गरेपछि उनको आवासबाट हिरासतमा लिएको थियो। त्यसपछि शुक्रवार अदालतमा पेश गरेको थियो।

प्रकाशित: १५ चैत्र २०८० १७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App