माल्दिभ्सको संसदभित्रै सांसदहरुबीच हानाहान भएको छ। आइतबार संसद्को बैठकस्थलमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच हानाहान भएको हो।
सांसदहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। भिडियोमा कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध गरेको देखिन्छ।
मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए।
त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो।
प्रकाशित: १५ माघ २०८० ०७:४१ सोमबार