५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहुल गान्धीले सुरु गरे ‘भारत जोडो न्याय यात्रा’

भारतीय काँग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ आजबाट सुरु गरेका छन्। भारतको मणिपुर राज्यबाट राहुलले आजबाट आफ्नो यात्रा सुरु गरेका हुन्।

बीबीसीका अनुसार २० मार्चसम्म जारी रहने यात्रा पूर्व मणिपुरबाट सुरु भएर पश्चिममा महाराष्ट्र पुगेर सकिने छ।

भारत न्याय यात्राका क्रममा राहुल १४ राज्यका ८५ जिल्ला पुग्ने छन्। मणिपुर पछि नगाल्यान्ड, असाम, मेघालय, पश्चिम बंगाल, बिहार, झारखन्ड, ओडिशा, छत्तीसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात हुँदै महाराष्ट्रको बम्बईसम्म पुग्ने छन्।

मुलुकमा देखिएको ध्रुवीकरण, आर्थिक असमानता र राजनीतिक वर्चस्ववादमा केन्द्रित भएर यात्राको क्रममा राहलुले सर्वसाधारणसँग कुराकानी गर्नेछन्।

६६ दिने लामो यात्राको क्रममा राहुल ६ हजार ७१३ किलोमिटर हिँड्ने छन्।

प्रकाशित: २९ पुस २०८० ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App