नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरेका छन् । राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मोदी पत्नी जसोदाबेनको कार दुर्घटना भएको थियो ।विवाह पछि प्रधानमन्त्री मोदी पूर्णकालीन रूपमा राजनीतिमा लागेपछि जसोदाबेन माइतीको संरक्षणमा रहँदै आएकी छिन् ।
प्रकाशित: २४ माघ २०७४ ०७:५२ बुधबार