२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनः सर्वेक्षणमा ट्रम्प अगाडी

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारी तीव्र बनेको छ। सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा फेरि सुनिन थालेको छ। अबको १० महिना पछि हुने निर्वाचनका लागि विभिन्न सर्वेक्षणहरू भइरहेका छन्। जसमा ट्रम्पको राम्रो सङ्केत देखिएको छ।

समाचार संस्था सीएनएनका अनुसार पछिल्लो समय सार्वजनिक गरिएको मतदाता सर्वेक्षणमा पूर्व राष्ट्रपति ट्रम्पलाई बहुमत प्राप्त भएको छ। उनले आफ्ना प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति जो बाइडनलाई पछाडी पारेका छन्।

अमेरिकाको जर्जियामा ट्रम्पलाई बाइडनको भन्दा ६ प्रतिशतको बढ़त देखिएको छ भने मिशिगनमा १० प्रतिशत, नेवादा, एरिजोना, विस्कन्सिन र पेन्सिल्भेनिया पनि ट्रम्प नै अघि देखिएका हुन्।

२०२० मा भएको निर्वाचनमा बाइडन यी सबै ६ राज्यमा भारी मतका साथ विजयी भएका थिए।

रिपब्लिकन पार्टीले हालसम्म ट्रम्पको नाम राष्ट्रपतिका लागि टुङ्गो लगाएको छैन।

प्रकाशित: १ पुस २०८० ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App