१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। प्रवासी सवार डुङ्गा लिबियाको जुवारा जादै गर्दा डुबेको बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय प्रवासन सङ्गठनका अनुसार डुङ्गामा ८६ जना प्रवासी यात्रु सवार थिए। शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

समुद्रको चालका कारण डुङ्गा दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा बालबालिकासहित ६१ जना बेपत्ता भएका थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।

भूमध्य सागर कटेर अफ्रिकाबाट युरोप जाने प्रयास गर्नेहरूका लागि लिबिया मुख्य केन्द्रमध्येको एक मानिन्छ।

आईओएमका अनुसार सन् २०२३ मा हालसम्म यसरी दुर्घटनामा परी २ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: १ पुस २०८० ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App