१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १८ हजार नाघ्यो

इजरायल आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १८ हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

बीबीसीका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।

गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश गरेपछि आक्रमण थप तीव्र बनेको छ।

इजरायली ट्याङ्क विस्तारै खान युनिसको पूर्वी क्षेत्रतर्फ बढिरहेको बताइएको छ। यस क्षेत्रमा ठूला भवन, पसल र घना बस्ती छन्। साथै खान युनिसमा अझैपनि मानिसहरूको बसोबास कायमै रहेको छ। 

इजरायली सेनाले आइतवार बिहानै पम्प्लेट छर्दै खान युनिसमा बसोबास गरिरहेका नागरिकलाई अल–मवासी नामक क्षेत्रतर्फ जान भनेको छ। तर, अल–मवासी निकै साँघुरो र आधारभूत सेवा नभएको क्षेत्र भएकाले सर्वसाधारण चिन्तामा छन्।

इजरायली सेनाले खान युनिसलाई लक्षित गरी आक्रमणलाई तीव्र बनाउँदै गर्दा मृत्यु हुने र घाइते हुनेको सङ्ख्या थप बढ्ने हुँदा संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ।

प्रकाशित: २६ मंसिर २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App