१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल-हमास युद्धविराम सकियो, रिहा भए ११० इजरायली

युद्धमा होमिएको इजरायल र हमासबीचको युद्धविराम आज सकिएको छ। कतारको मध्यस्थतामा दुबै पक्षबीच गत शुक्रवारदेखि युद्धविराम लागू गरिएको थियो। ४ दिनका लागि गरिएको युद्धविराम २ दिन र १ दिन गरी थप भएर बिहीवार सातौँदिन सकिएको हो। 

युद्धविरामलाई थप लम्ब्याउने विषयमा कतारले विभिन्न मुलुकको सहभागीतामा दुबै पक्षसँग छलफल जारी राखेको छ। तर, हालसम्म युद्धविराम लम्ब्याउने विषयमा कुनै ठोस सहमति भने भइसकेको छैन।

बीबीसीका अनुसार ७ दिनसम्म जारी रहेको युद्धविरामको क्रममा दुबै पक्षले एक अर्काका बन्धकलाई पालैपालो रिहा गरेका छन्।

युद्धविरामको अन्तिम दिन हमासले इजरायलका १० जना बन्धकलाई रिहा गरेको छ भने इजरायलले पनि ३० जना प्यालेस्टिनीलाई रिहा गरेको छ। 

युद्ध विराममा ११० जना इजरायली महिला र बालबालिका रिहा भएका छन १ सयभन्दा बढी प्यालेस्टिनी पनि रिहा भएका छन्।

युद्धविरामको अवधिमा अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले इजरायली प्रधानमन्त्री बिन्जामिन नेतन्याहूसँग भेटवार्ता गरेका छन्। उनले युद्ध फेरि सुरु गर्नुभन्दा पहिले गाजामा रहेका नागरिकलाई सुरक्षित राख्नु आवश्यक रहेको भन्दै त्यसका लागि पुनर्विचार गर्न इजरायली प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।  

त्यस्तै युद्धविराम लागू भएको अवधिमा राहत सामग्रीसहितको सहयोग पनि गाजामा प्रवेश गरेको छ। 

संयुक्त राष्ट्र सङ्घका अनुसार गत ७ अक्टुबरमा हमासले सुरु गरेको आक्रमणमा परी हालसम्म १४ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ। जसमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन्।

प्रकाशित: १५ मंसिर २०८० ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App