१६ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुग्योः इजिप्ट

युद्धग्रस्त क्षेत्र गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टले बताएको छ। इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गरेका छन्।

उनले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताए।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासङ्घका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरे। साथै इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद पनि दिए।

उनले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान समेत गरे।

प्रकाशित: १२ कार्तिक २०८० ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App