१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मङ्गोलियाको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

फाइल तस्बिर

मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

मङ्गोलियाको आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार स्थायीय समयअनुसार बिहीवार बिहान करिब ३ः५० बजे आगलागी भएको हो।  

सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले आगलागीको कारणबारे अनुसन्धान भइरहेका बताएको छ।

चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन। रासस

प्रकाशित: ९ कार्तिक २०८० ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App