१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्लेनभित्रै बम विस्फोट भएको अमेरिकी आशंका

रुसी सत्ताविरुद्ध चुनौती दिने निजी सैनिक संस्था वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिन यात्रारत रहेको निजी प्लेन दुर्घटनाग्रस्त हुँदा उनीसहित आठ जनाको मृत्यु भएको घटनामा नयाँ मोड आएको छ।

प्रिगोजिन रहेको विश्वास गरिएको सो प्लेनलाई यसअघि जमिनबाट प्रहार गरिने रकेटले खसालिएको विश्वास गरिएको थियो। यता वासिङ्टनस्थित थिङ्कट्याङ्कको विश्लेषणमा भने जमिनबाट कुनै क्षेप्यास्त्र वा रकेट प्रहार नगरिएको देखिएको बताइएको छ। बरु, प्लेनमै पहिल्यै जडान गरिएको बम विष्फोट गरिएको हुन सक्ने बताइएको छ।

रुसी प्रशासनले घटनाबारे अनुसन्धान गरिरहेको भनी कुनै प्रतिक्रिया अहिलेसम्म दिएको छैन। प्रिगोजिनको वाग्नर समूहले भने रुसी सैन्य एयरक्राफ्टद्वारा प्रहार गरिएको मिसाइल हानी खसालिएको दाबी गरेको थियो।

रुसी सत्ताविरुद्ध चुनौती दिने निजी सैनिक संस्था वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिन यात्रारत रहेको निजी प्लेन दुर्घटनाग्रस्त हुँदा उनीसहित आठ जनाको मृत्यु भएको घटनामा नयाँ मोड आएको छ।

अमेरिकी प्रशासनले भने जमिनबाट आकाशमा प्रहार गरिने कुनै पनि संकेत नदेखिएको बताएको छ। अमेरिकासँग यस्तो मिसाइल प्रहार गर्नुअघि प्रयोग गरिने इन्फ्रारेड पत्ता लगाउने प्रविधि भएका कारण प्लेन विष्फोट हुनुअघि त्यस्तो इन्फ्रारेड नदेखिएकाले जमिनबाट कुनै मिसाइल प्रयोग गरिएको सम्भावनालाई अमेरिकी प्रशासनले अस्वीकार गरेको छ।

अमेरिकी सुरक्षा मन्त्रालय कार्यालय पेन्टागनका प्रवक्ताले सो प्लेनमा प्रिगोजिन यात्रारत रहेकाले उनको तत्क्षण मृत्यु भएको आकलन गरिएको बताएका छन्।

प्रिगोजिन पछिल्लो समय युक्रेन युद्धमा नायकझैं मानिएकाले उनको मृत्युपछि ठुलो संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली दिएका छन्। उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा परेका सदस्यहरूका परिवारलाई समवेदना प्रकट गरेका छन्।

उनले प्रिगोजिनले पछिल्लो समय देशका लागि गरेका उपलब्धीमूलक कार्यको प्रशंसासमेत गरेका छन्। प्रिगोजिनले केही गम्भीर गल्ती गरेको समेत उनले टिप्पणी गरेका छन्।

प्रिगोजिन चढेको प्लेनमा कसले बम राख्यो भन्नेबारे रुसी मिडियामा विभिन्न अड्कल चलिरहेको छ। केही रुसी मिडियाले युक्रेनलाई दोष लगाइरहेका छन्। बेलायती मिडियाले भने यस विष्फोटमा रुसी फेडरल सेक्युरिटी सर्भिस (एफएसबी)को भूमिका रहेको हुनसक्ने आँकलन गरेको छ।

अमेरिकी सुरक्षा मन्त्रालय कार्यालय पेन्टागनका प्रवक्ताले सो प्लेनमा प्रिगोजिन यात्रारत रहेकाले उनको तत्क्षण मृत्यु भएको आकलन गरिएको बताएका छन्।

प्रिगोजिन गएको जुलाई महिनामा मस्कोविरुद्ध मोर्चाबन्दी गरेर राजधानी कब्जा गर्ने उद्घोषका कारण विश्वभर चर्चामा आएका थिए। बाल्यकालदेखि ससाना चोरी गर्दै जिउ पाल्ने प्रिगोजिन जेल परेपछि जेलमै खाद्यान्न बेच्ने गर्थे। जेलबाट निस्किएपछि रेस्टुराँ सञ्चालन गर्न थालेका उनले छोटो समयमा नै प्रगति गरेका थिए।

सेन्ट पिटर्सबर्गका मेयर भ्लादिमिर पुटिनसँग मित्रता बढेपछि उनको नाटकीय रूपमा प्रगति मात्र भएन, एक दशकमै उनले आफ्नो व्यवसाय रेस्टुराँबाट इन्टरनेट मिडिया, हातहतियार, युद्ध परियोजनामा फैलाएका थिए।

मध्यपूर्वका सिरियाजस्ता संकटग्रस्त क्षेत्रमा अमेरिकीविरुद्ध रुसी मेसिनरी सैन्य सहयोगमा अभूतपूर्व सफलता हात परेपछि प्रिगोजिनले संगठित रूपमा नै वाग्नर समूह बनाएका थिए। यही समूहले मध्यअफ्रिकी मुलुकमा आफ्नो शक्ति फराकिलो बनाएका थिए।

युक्रेन युद्ध सुरु भएपछि पनि वाग्नर समूहले आफ्ना सेना परिचालन गरी बाख्मत सहर कब्जा गरेको थियो।

सेन्ट पिटर्सबर्गका मेयर भ्लादिमिर पुटिनसँग मित्रता बढेपछि उनको नाटकीय रूपमा प्रगति मात्र भएन, एक दशकमै उनले आफ्नो व्यवसाय रेस्टुराँबाट इन्टरनेट मिडिया, हातहतियार, युद्ध परियोजनामा फैलाएका थिए।

यो सफलताले प्रिगोजिन एकै झमटमा रुसी नायकमा परिणत भएका थिए। सो सफलतालगत्तै उनले युक्रेन युद्धमा रुसी अधिकारीका गलत रणनीतिका कारण आफ्ना २० हजार होनहार सैनिक गुमाएको भन्दै रक्षा मन्त्री र सैनिक प्रमुखको कडा आलोचना गरेका थिए। सो आलोचनालगत्तै उनले मस्को कब्जा गर्ने घोषणा गरेर संसारलाई तरंगित गरेका थिए ।

प्रकाशित: ९ भाद्र २०८० ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App