२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डाेनाल्ड ट्रम्प गिरफ्तार, कैदी नम्बर पि०११३५८०९ !

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो ।

आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो। शंकास्पद व्यक्तिलाई प्रहरी चौकीमा ल्याइने बित्तिकै प्रायः मगशटहरू लिइन्छ।

प्रहरीले मगशट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ। पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लागेपछि अधिकारीहरूसमक्ष आत्मसमर्पण गरेका हुन् ।

प्रकाशित: ८ भाद्र २०८० ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App