नयाँ दिल्ली – भारतको गुजरातमा विवाह भएको ७ वर्ष पश्चात् एक निसन्तान दम्पतीले एकैसाथ ५ सन्तानलाई जन्म दिएका छन् ।
भारतको गुजरात राज्यमा पर्ने वापीमा बसोबास गर्ने रामजी प्रजापतिकी पत्नीले एकैसाथ ५ सन्तानलाई जन्म दिएकी छिन् । करिब सात वर्ष अगाडि उनी वैवाहिक बन्धनका बाँधिएका थिए ।
सन्तान प्राप्तीका लागि उनीहरूले मठ मन्दिर धाउनेदेखि लिएर चिकित्सकको सरसल्लाहमा औषधी उपचारका लागि विभिन्न प्रयासहरू गरेका थिए ।
महिलाको अवस्था सामान्य नै रहेको अस्पताल प्रशासनले बताएको छ । जन्मिएका ५ शिशु मध्ये एकको भने मृत्यु भएको छ तर अन्य ४ को अवस्था सामान्य नै रहेको समेत अस्पताले बताएको छ ।
जिवित मध्ये ३ बच्चाहरुको तौल एक किलो २ सय ग्राम रहेको छ भने एक बच्चाको तौल ६ सय ग्राम रहेको चिकित्सकले बताएका छन् ।
प्रकाशित: १३ श्रावण २०७४ ०९:२६ शुक्रबार