२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जलवायु संकट समाधान गर्न अमेरिका–चीन मिल्लान्?

अमेरिकी विशेष दूत जोन केरी आइतबार बेइजिङमा। तस्बिर: एजेन्सी

अमेरिकाका जलवायु विशेष दूत जोन केरी आइतबार चीन पुगेपछि आपसी कूटनीतिक प्रतिद्वन्द्विता बिर्सेर यी दुई देश जलवायु लक्ष्य हासिल गर्न केन्द्रित रहलान् त भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

सामरिक हिसाबले विश्वका सबैभन्दा बढी शक्तिशाली र वातावरणका हिसाबले अत्यधिक प्रदूषक चीन र अमेरिकाबीचको संवादले ठोस नतिजा दिने अपेक्षा गरिएको छैन। तर पनि दुई देशबीच संवादको सुरुवात हुनु सकारात्मक मानिएको छ। आफ्नो चारदिने भ्रमणका क्रममा विशेष दूत केरीले चिनियाँ समकक्षी झी झ्याङहु र अन्य उच्च अधिकारीसँग भेटने छन्। दुई देशबीचको सम्बन्ध सुधार्ने ध्येयले हालै अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्कन र वित्त सचिव जेनेट एलनले चीनको भ्रमण गरेका थिए।

अमेरिकाका जलवायु विशेष दूत जोन केरी आइतबार चीन पुगेपछि आपसी कूटनीतिक प्रतिद्वन्द्विता बिर्सेर यी दुई देश जलवायु लक्ष्य हासिल गर्न केन्द्रित रहलान् त भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

केरीको सचिवालयका अनुसार जलवायु परिवर्तन रोक्ने दिशामा विभिन्न लक्ष्यहरूको किटान तथा कार्यहरूको कार्यान्वयनको विषयमा चिनियाँ अधिकारीसँग छलफल हुनेछ।

यसैगरी यो वर्षको अन्त्यमा संयुक्त अरब इमिरेट्समा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) लाई सफल पार्ने दिशामा वार्तालाप हुने अपेक्षा छ।

केरीको सचिवालयका अनुसार जलवायु परिवर्तन रोक्ने दिशामा विभिन्न लक्ष्यहरूको किटान तथा कार्यहरूको कार्यान्वयनको विषयमा चिनियाँ अधिकारीसँग छलफल हुनेछ।

यसैगरी स्वच्छ ऊर्जा उत्पादन र कार्बन उत्सर्जन कटौतीका विषयमा यी दुई देशका नेताकेन्द्रित रहने अनुमान छ। नवीकरणीय ऊर्जाका लगानीमा यी दुई देश विश्वमा अग्रणी छन्। ब्लुमवर्गका अनुसार सन् २०२२ मा विश्वमा भएको कुल नवीकरणीय ऊर्जा लगानीमा चीनले आधा हिस्सा लिएको थियो। तर कार्बन उत्सर्जनका हिसाबले यी दुवै देश विश्वमा अग्रणी छन। दुवै देशले उत्सर्जन कटौतीमा खास सुधार गर्न सकेका छैनन्।

विरोधाभाषपूर्ण कदम

अमेरिका र ची दुवै आर्थिक वृद्धि र उत्सर्जन कटौतीबीच सन्तुलन राख्न संघर्षरत छन्। यी दुवै उद्देश्य पूरा गर्ने विरोधाभाषलाई वातावरणविद्हरूले आलोचना गर्दै आएका छन्। चीनले पछिल्ला वर्षहरूमा कोइलामा रहेको निर्भरता घटाउन चाहेको छ। स्वच्छ ऊर्जा संरचनालाई जोड दिँदै आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२० मा कार्बन तटस्थता (कार्बन न्युट्रालिटी) लक्ष्य सार्वजनिक गरेका थिए।

पछिल्ला वर्षहरूमा राजधानी बेइजिङ र अन्य सहरमा कालो धुवाँको कहर बढेपछि सर्वसाधारणमा बेचैनी बढेको छ। चिनियाँ अधिकारीहरूले कोइला उत्पादन र कोइलामा आधारित विद्युत् उत्पादन चरणबद्ध तवरले अन्त्य गर्ने घोषणा गरिसकेका छन्। तर कोइलामा आधारित ऊर्जा उत्पादनमा कमी हुँदा र ठुलो खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आउँदा चीनमा लोडसेडिङ बढ्दो छ।

कोभिड–१९ महामारी अन्त्यपछि अर्थतन्त्र सुधारोन्मुख रहँदा चिनियाँ कलकारखानामा ऊर्जाको माग बढेको छ। यसैगरी यो वर्षको गर्मी याममा चलेको तातो हावाको लहरका कारण पनि चिसो कायम गर्न विद्युत्को माग बढेको छ। ऊर्जा सुरक्षालाई बढी प्राथमिकता दिएको चीन अहिले पुनः कोइलामा आधारित ऊर्जातर्फ आकर्षित देखिएको छ। वायु तथा सौर्य ऊर्जाको तुलनामा यो बढी भरपर्दाे रहेको चिनियाँ ठम्याइँ छ।

अमेरिका र ची दुवै आर्थिक वृद्धि र उत्सर्जन कटौतीबीच सन्तुलन राख्न संघर्षरत छन्। यी दुवै उद्देश्य पूरा गर्ने विरोधाभाषलाई वातावरणविद्हरूले आलोचना गर्दै आएका छन्।

गत वर्ष चीनले कोइलामा आधारित दुई ठुला परियोजनालाई अनुमोदन गरेको थियो। ऊर्जाको अत्यधिक मागलाई सम्बोधन गर्न यस्ता परियोजना अगाडि बढाइएको चिनियाँ दाबी छ। कोइलातर्फको चिनियाँ झुकावको वातावरणविद्ले आलोचना गरेका छन। बजार नीति र भौतिक संरचनागत समाधानले नवीकरणीय ऊर्जा आपूर्तिलाई सुनिश्चित र भरपर्दाे पार्न सकिने उनीहरूको तर्क छ।

स्वच्छ ऊर्जा उत्पादन बढाउन र यो क्षेत्रमा अर्बाैं लगानी गर्न अमेरिकाले हालै दुई कानुन पारित गरेकोछ। सँगसँगै अमेरिकाले अलास्कामा तेल तथा ग्यास उत्खननको एक ठुलो परियोजना पनि अनुमोदन गरेको छ। विषम मौसमका घटनामा भएको बढोत्तरीका कारण सन् २०२२ मा अमेरिकाले अत्यधिक प्राकृतिक ग्याँसको उपभोग गरेकाले कार्बन उत्सर्जन पनि बढेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ।

गत वर्ष चीनले कोइलामा आधारित दुई ठुला परियोजनालाई अनुमोदन गरेको थियो। ऊर्जाको अत्यधिक मागलाई सम्बोधन गर्न यस्ता परियोजना अगाडि बढाइएको चिनियाँ दाबी छ।

‘अमेरिकाले पनि स्वच्छ ऊर्जाको क्षेत्रमा अपेक्षित काम गर्न सकेको छैन। त्यसैले दुवै देश मिलेर सही निर्णय लिन सके विश्वव्यापी रूपमा सकारात्मक सन्देश प्रवाह हुनेछ,’ वर्कले विश्वविद्यालयका ऊर्जा विषयका प्राध्यापक डन कामेन भन्छन्।

भ्रमणको अपेक्षा

अमेरिकी विशेष दूत केरीले स्वच्छ ऊर्जाको सम्भावनालाई आत्मसात गर्न र कार्बन तटस्थताको लक्ष्य हासिल गर्न चीनलाई थप दबाब दिन सक्ने समालोचक ठान्छन्। सन् २०३० सम्म चीनको कार्बन उत्सर्जन उच्च बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ रहने चिनियाँ लक्ष्य छ। चीनले तय गरेको यो लक्ष्य धेरै समयपछिको रहेको र यो अवधिभित्र चीनलाई अत्यधिक उत्सर्जन गर्ने छुट मिलेको कतिपयको ठम्याइँ छ।

अमेरिकी वित्त सचिव एलनले हालैको चीन भ्रमणका बेला चिनियाँ अधिकारीलाई अन्तर्राष्ट्रिय जलवायु कोषमा लगानी गर्न आह्वान गरेकी थिइन्। यस प्रकारका कोषमा लगानी गर्न चीन अनिच्छुक रहँदै आएको छ।

अमेरिकी विशेष दूत केरीको भ्रमणका क्रममा चिनियाँ सोलार प्यानलमा अमेरिकाले लगाएको भन्सारदरलाई हटाउन चीनले माग गर्ने अपेक्षा छ। यसैगरी स्टिल लगायतमा अमेरिकाले प्रस्ताव गरेको करका दरहरूप्रति पनि चीनको विरोध छ।

आपसी व्यापार र राजनीतिक संवादमा दुवै पक्षले जलवायु परिवर्तनसम्बन्धी विषयलाई मोलतोलको विषय बनाउने देखिएको छ। तर दुई देशबीच रहेको पारस्परिक कटुताका कारण अमेरिकी प्रस्तावलाई स्विकार्न चीन अनिच्छुक हुने बेइजिङस्थित ग्रिनपिस इस्ट एसियाका वरिष्ठ सल्लाहकार ली सुओ बताउँछन्।

‘दुई देशले जलवायु संकटलाई द्विपक्षीय सम्बन्धभन्दा पृथक राखेर हेर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ ली भन्छन्। वर्तमान परिप्रेक्ष्यमा दुवै देश आपसी प्रतिद्वन्द्विता बिर्सेर जलवायु संकट समाधान गर्न एकबद्ध हुनुपर्ने विज्ञ ठान्छन्। सन् २०२१ मा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका क्रममा यी दुवै देशले कार्बन उत्सर्जन कटौतीका लागि मिलेर काम गर्ने घोषणा गरेका थिए। ‘व्यापारको विषयमा भविष्यमा बहस गर्न सकिन्छ तर जलवायु परिवर्तन जस्तो विश्वव्यापी विषयमा सबै देश एकै ठाउँमा उभिनैपर्छ,’ ली भन्छन्।

अमेरिकी वित्त सचिव एलनले हालैको चीन भ्रमणका बेला चिनियाँ अधिकारीलाई अन्तर्राष्ट्रिय जलवायु कोषमा लगानी गर्न आह्वान गरेकी थिइन्। यस प्रकारका कोषमा लगानी गर्न चीन अनिच्छुक रहँदै आएको छ।

टाइटानिक डुब्न लागेको बेला जहाजभित्र सरसामान मिलाउनुको कुनै अर्थ नरहने बताउँदै वर्कले विश्वविद्यालयका प्राध्यापक कामेन भन्छन्, ‘मानव अस्तित्वसँग जोडिएको जलवायु परिवर्तनको विषय मानवअधिकार र व्यापारको विषयभन्दा पृथक र गम्भीर छ।’

(बिबिसी)

प्रकाशित: १ श्रावण २०८० ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App