१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा वाग्नर समूहको विद्रोहपछि युक्रेन युद्ध नयाँ मोडमा

रूसकाे निजी सेना समूह वाग्नरका प्रमुख येभगेनी प्रिगाेजिन (बीचमा) आफ्ना सहकर्मीका साथमा। तस्वीर: एजेन्सी

रुस–युक्रेन युद्ध सुुरु भएको १६ महिनामा एउटा नाटकीय घटना सतहमा आएको छ। शुक्रबार एक भिडियो जारी गर्दै रुस–युक्रेन युद्धमा महत्वपूर्ण सफलता दिलाएको निजी सेना समूह वाग्नरका प्रमुख ६२ वर्षीय येभगेनी प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गेई सोइगु र सेनाको चिफ अफ स्टाफ भालेरी गेरासिमोभमाथि गम्भीर आरोप लगाउँदै उनीहरूसँग वार्ता नगराइए परिस्थिति गम्भीर हुने धम्की दिएका छन्।

कुरो धम्कीमा मात्र सीमित रहेन, शुक्रबार एक भिडियो सार्वजनिक गरिएपछि रक्षामन्त्री र सेनाका चिफ अफ स्टाफसँग कुनै वार्ता हुने सम्भावना नदेखेपछि वाग्नर प्रमुख प्रिगोजिनले आफ्ना निजी सेनालाई अघि मात्र बढाएनन्, रोस्तोभ–अन–दोनलाई कब्जामा लिएका छन्। यसका अतिरिक्त भोरोनेझका सैन्य सामग्री पनि उनीहरूले कब्जामा लिएका छन्।

रोस्तोभ–अन–दोनका सर्वसाधारणलाई घरभित्रै बस्न स्थानीय प्रशासनले सुझाव दिएको छ भने उता राजधानी मस्कोमा सेनाले सुरक्षा निकै कडा बनाएको छ। वाग्नरको धम्कीलाई रुसी रक्षा मन्त्रालयले गम्भीर रूपमा लिएको छ।

कुरो धम्कीमा मात्र सीमित रहेन, शुक्रबार एक भिडियो सार्वजनिक गरिएपछि रक्षामन्त्री र सेनाका चिफ अफ स्टाफसँग कुनै वार्ता हुने सम्भावना नदेखेपछि वाग्नर प्रमुख प्रिगोजिनले आफ्ना निजी सेनालाई अघि मात्र बढाएनन्, रोस्तोभ–अन–दोनलाई कब्जामा लिएका छन्।

मस्कोका नगर प्रमुखले सोमबार बिदाको घोषणासमेत गरेका छन्। ७० वर्षीय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै योजनाअनुसार नै खडा गरिएको वाग्नर नामक मिसिनरी सेना देशकै राष्ट्रिय सेनाविरुद्ध कारबाहीमा उत्रनुलाई संसारले आश्चर्यका रूपमा हेरेको छ। यस घटनाले कतै पुटिनको सत्तालाई सिधा चुनौती पो दिने हो कि भन्ने आशंका पनि गरिएको छ।

वाग्नर प्रमुखको माग के हो?

वाग्नर प्रमुख प्रिगोजिनले सरकारी पक्षलेआफ्नो समूहलाई हतियार र अन्य सहयोग उपलब्ध नगराएको र त्यसका कारण आफ्ना केटाहरूले ज्यान गुमाएको आरोप उनले लगाएका छन्। रक्षामन्त्री र केही उच्च सैन्य अधिकारीहरूलाई पदच्युत गर्नुपर्ने माग उनको छ। वाग्नर समूहको विद्रोहपछि राष्ट्रपति पुटिनले भने वाग्नर समूहका प्रमुख प्रिगोजिनले सशस्त्र विद्रोह गरेर रुसलाई धोका दिएको भिडियो सार्वजनिक गरेका छज्। सो भिडियोमा उनले ‘देशको पिठ्यूँमा छुरा हानेको’ प्रतिक्रिया दिएका छन्।

उता प्रिगोजिनले भने आफूले सैन्य विद्रोह नगरेको बरु गलत निर्णयका कारण मारिएका आफ्ना केटाहरूको न्यायका लागि गर्नुपर्ने आन्दोलन गरेको बताएका छन्।

के हो वाग्नर समूह?

वाग्नर समूहबारे संसारले सन् २०१४ मा थाहा पाएको थियो। युक्रेनभित्रका समर्थकहरूलाई यसले आफ्नो सेनामा भर्ती गरेको थियो। त्यो बेला यो एउटा नितान्त गोप्य समूह थियो। अधिकांश समय अफ्रिका र मध्य पूर्वमा सक्रिय यो समूहमा जम्मा ५ हजारको संख्यामा थिए। यिनीहरू विशेष तालिमप्राप्त मानिन्थे। पछि योसँग ५० हजारको संख्यामा लडाकु भए। तीमध्ये ८० प्रतिशत लडाकु जेल सजाय पाएकाहरूलाई भेला पारी भर्ती गरिएको थियो। वाग्नरले दिने गतिलो तलबका कारण यसमा गाउँले युवाको आकर्षण बढेको थियो। वाग्नरमा भर्ती हुनेबित्तिकै उनीहरूले १५ सय डलर तलब र युद्धमा छिर्नेबित्तिकै दुई हजार डलर तलब पाउँथे।

वाग्नर समूहबारे संसारले सन् २०१४ मा थाहा पाएको थियो। युक्रेनभित्रका समर्थकहरूलाई यसले आफ्नो सेनामा भर्ती गरेको थियो। त्यो बेला यो एउटा नितान्त गोप्य समूह थियो।

रुसमा निजी सेना राख्नु अवैध भए पनि वाग्नरले २०२२ मा नयाँ कम्पनीका रूपमा दर्ता ग¥यो भने सेन्ट पिटर्सबर्गमा यसले आफ्नो कार्यालयसमेत खोलेको छ। सो कार्यालयमार्फत उसले रुसी सहरमा खुला रूपमा विज्ञापन दिएर सेना भर्ती कार्यक्रम चलाउने गरेको छ।

पछिल्लो लफडा के हो?

युक्रेनविरुद्धको युद्धमा रुसलाई ठुलो सफलता दिलाउनुमा प्रिगोजिन र उनको निजी सेना वाग्नरको निकै ठुलो भूमिका छ। निजी सेनाका हजारौं लडाकुले युक्रेनको स्थलयुद्धमा भाग लिएका थिए। रुसी जेलमा आपराधिक गतिविधिमा सजाय काटिरहेका युवाहरूलाई यो सेनामा सहभागी गराइएको थियो।

रूसकाे राष्ट्रपति भ्लादिमिर पुटिन

यो विद्रोहलाई सत्ता विप्लवका रूपमा लिनेहरू भने खिन्न भएका छन्। स्वयं वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्नो विप्लवी योजना नरहेको बताएका छन्। राष्ट्रिय सेनाले वाग्नरलाई उचित मात्रामा हतियार दिन सकिरहेको छैन। नदिनुमा रक्षामन्त्री सर्गेई सोइगु र सेनाको चिफ अफ स्टाफ भालेरी गेरासिमोभले गरिरहेको वाग्नर प्रमुख प्रिगोजिनको आरोप छ।

युक्रेनविरुद्धको युद्धमा रुसलाई ठुलो सफलता दिलाउनुमा प्रिगोजिन र उनको निजी सेना वाग्नरको निकै ठुलो भूमिका छ।

तर प्रिगोजिनले जो दुई व्यक्तिलाई आफ्नो निसाना बनाएका छन्, ती पुटिनका सबैभन्दा नजिकका व्यक्ति हुन् र तिनको विरोध पुटिनको विरोध हो भनी प्रस्ट देखिएको छ। वाग्नर प्रमुखले केही सैन्य क्षेत्र कब्जामा लिएपछि मस्कोले ‘आतंकविरोधी अभियान’अन्तर्गत मस्कोलाई उच्च सुरक्षा खतरामा राखिएको छ। यहाँ सबै किसिमका ठुला कार्यक्रम रद्द गरिएका छन्।

प्रगोजिनले आफ्नो सैन्य संख्या २५ हजार रहेको र कोही यसमा भर्ती हुन चाहे तिनलाई स्वागत गरिने बताएका छन्। उनले आफूले रुसलाई धोका नदिएको बरु गलत क्रियाकलाप रोक्न खोजेको प्रतिक्रिया दिएका छन्। प्रिगाजिनले आफू रक्षामन्त्री सर्गेई सोइगु र चिफ अफ स्टाफ भालेरी गेरासिमोभसँग कुराकानी गर्न चाहेको र कुरा नगराइएको खण्डमा आफू मस्कोतर्फ अघि बढ्ने चेतावनी शुक्रबार भिडियो जारी गर्दै दिएका थिए।

उनले युक्रेनको भूमियुद्धमा लडिरहेका रुसी सैनिकसँग आफ्नो कुनै दुस्मनी नभएको बरु तिनलाई अगुवाइ गरिरहेका ‘जोकर’हरूसँग मात्र रहेको बताएका छन्। रोचक त के छ भने वाग्नर समूहका प्रमुख प्रिगोजिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यक्तिमध्ये एक हुन्। पुटिनसँगै उनको पनि उदय भएको हो। उनी पहिले धनी व्यापारी थिए। पछि उनी निजी सेना चलाउने कम्पनीको प्रमुख बनेका हुन्।

प्रगोजिनले आफ्नो सैन्य संख्या २५ हजार रहेको र कोही यसमा भर्ती हुन चाहे तिनलाई स्वागत गरिने बताएका छन्। उनले आफूले रुसलाई धोका नदिएको बरु गलत क्रियाकलाप रोक्न खोजेको प्रतिक्रिया दिएका छन्।

युक्रेनसँगको युद्धमा बखमुत क्षेत्रलाई कब्जा गर्दा भएको युद्धमा उनका सयौं लडाकुको ज्यान गएको थियो। हतियार नदिइएका कारण यस्तो अवस्था आएको वाग्नर प्रमुखको आरोप छ। रुसी सेनाले गरेका कमजोरी र गलत निर्णयको विस्तृत जानकारी भिडियोमा दिइएको छ। उनले भिडियोमा कैयौंपटक पुटिनलाई ‘ह्याप्पी ग्रेन्डफादार’ भनी सम्बोधन गरेका छन्। पुटिनलाई बदमासहरूको सानो समूहले आफ्नो प्रगतिका लागि धोका दिइरहेको भिडियोमा उनले बताएका छन्।

पछिल्लो समय प्रिगोजिनलाई मस्कोले युद्धनायक बनाउँदै आएको छ। सर्वसाधारणले पनि उनलाई नायककै रूपमा सोच्ने गरेका छन्। यही लोकप्रियताका आधारमा आफ्नो बाटोमा तगारो बन्ने जोकोहीलाई पनि ध्वस्त बनाउने धम्की उनले दिएका छन्।

विभिन्न भिडियो तथा तस्बिरमा रोस्तोभ क्षेत्रमा वाग्नर समूहका लडाकुहरू यत्रतत्र देखिएका छन्। ती लडाकुले एउटा रुसी हेलिकप्टर झारेको दाबी गरेका छन्। यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यस पूरा मामिलामाथि रुसी सरकारी संघीय जाँच एजेन्सी एफएसबीले प्रिगोजिनविरुद्ध जाँच सुरु गरिएको, रुसविरुद्ध हतियार उठाई विद्रोह गरेको आरोप लगाएको छ। एफएसबीले वाग्नर समूहका लडाकुहरूलाई प्रिगोजिनको आदेश नमान्न र उनलाई पक्राउ गर्न आग्रह गरेको छ।

पछिल्लो समय प्रिगोजिनलाई मस्कोले युद्धनायक बनाउँदै आएको छ। सर्वसाधारणले पनि उनलाई नायककै रूपमा सोच्ने गरेका छन्। यही लोकप्रियताका आधारमा आफ्नो बाटोमा तगारो बन्ने जोकोहीलाई पनि ध्वस्त बनाउने धम्की उनले दिएका छन्।

रुसी रक्षा मन्त्रालयले वाग्नर समूहले फैलाएका सबै हल्ला तथ्यहीन रहेको बताएको छ। यसअघि पनि मे महिनामा प्रिगोजिनले आफ्ना मारिएका लडाकुहरूको शवमा उभिएर रुसी रक्षामन्त्री र सैन्य कमान्डरहरूलाई आलोचना गर्दै पर्याप्त हतियार नदिँदाको परिणाम आफ्ना साथी गुमाउनुपरेको बताएका थिए।

विद्रोह असफल भए के हुन्छ?

यदि रुसी सेनाले प्रिगोजिनलाई पक्राउ गरे उनीमाथि केकस्ता आरोपमा जेल हालिने हो भन्ने विषयमा समेत खोजी हुन थालेको छ। विशेषज्ञहरूका अनुसार प्रिगोजिनले कम्तीमा १२ देखि बढीमा २० वर्षको जेल सजाय हुन सक्छ।

(बिबिसी लगायत विभिन्न एजेन्सीको सहयोगमा)

प्रकाशित: १० असार २०८० ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App