१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टाइटानिक भग्नावशेष हेर्न पनडुब्बीमा गएका पाँचै जनाको मृत्यु

टाइटानिकको शताब्दी पुरानो भग्नावशेष हेर्न एक  पर्यटन पनडुब्बीमा गएका पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ।  

टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको बीबीसीले जनाएको छ।

मारिनेमा ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल-हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन्।

यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् ।  

बीबीसीका अनुसार क्यानाडाली जहाजबाट खटाइएको  एक रोबोट डाइभिङ गाडीले बिहीबार टाइटानिक जहाजबाट लगभग ४८७ मिटर नजिक पनडुब्बी टाइटनको पाँच भाग फेला पारेको थियो। यस हप्ताको सुरुमा रिपोर्ट गरिएको आवाजहरू अब यस क्षेत्रका अन्य जहाजहरूबाट आएको मानिएको छ।  

प्रकाशित: ८ असार २०८० ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App