५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

लिलामीमा बिक्री भएको ट्रम्पको कार

वासिङ्टन डिसी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ। 

२००७ फरारी एफ ४३० एफ १ कोपको उक्त गाडी ट्रम्पले एक दशक अघि नयाँ किनेका थिए।

चेरी रातो रङको फरारीलाई पहिले त्यत्ति धेरै मुल्यमा बिक्री होला भन्ने अपेक्षा गरिएको थिएन। सुरुमा लिलामीमा राखिएको न्युनतम मुल्य भन्दा पनि कम दुई लाख ४५ हजार डलरमा आएर मूल्य अड्किएका थियो।

उनले उक्त फरारी त्यत्ति धेरै नचलाएको र सन् २०११ मा दुई हजार चार सय भन्दा कम माईल कुदेको बेला उनले बेचेका थिए। गत शनिबार अमेरिकाको फ्लोरिडा राज्यमा भएको लिलामीमा उक्त फरारी बिक्री भएको बताइएको छ। लिलामी गराउने कम्पनीले उक्त गाडी कसले किनेको भन्ने विषय भने गोप्य राखेको छ।

चेरी रातो रङको फरारीलाई पहिले त्यत्ति धेरै मुल्यमा बिक्री होला भन्ने अपेक्षा गरिएको थिएन। सुरुमा लिलामीमा राखिएको न्युनतम मुल्य भन्दा पनि कम दुई लाख ४५ हजार डलरमा आएर मूल्य अड्किएका थियो।

लिलामी घरका अनुसार फरारीलाई पोडियममा राख्नासाथ दुई लाख ७० हजार डलरमा बोलकबोल भएको थियो। कोहीपनि सेलेब्रेटीले प्रयोग नगरेको त्यहि मोडलको फरारीको मूल्य गाडीले पार गरेको दुरी, गाडीको अवस्थाका अनुसार एक लाख २५ हजार देखि एक लाख ७५ हजार डलरकोबीचमा बिक्री हुने गरेको अक्सन अमेरिकाकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लिलामीमा लानुपूर्व अक्सन अमेरिकाले उक्त फरारी दुई लाख ५० हजार देखि तीन लाख ५० हजार डलरसम्ममा लिलामी हुने विश्वास गरेको थियो।

लिलामीबाट लिएका फरारीका नयाँ मालिकले जम्मा छ हजार माइल कुदेको गाडी पाउने छन् र अमेरिकी राष्ट्रपतिले चडेको गाडीको मान्यता तथा ट्रम्पको हस्ताक्षर रहेको गाडी पाउने अक्सन हाउस अमेरिकाले जनाएको छ।

प्रकाशित: ३१ चैत्र २०७३ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App