२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टमा तीन महिना संकटकालको घोषणा

कायरो  – इजिप्टमा इशाइ धर्मावलम्बीहरूलाई लक्षित गरी गरिएको चर्च आक्रमणमा  परी ४५ जनाको मृत्यु भएपछि त्यहाँको सरकारले संकटकालको घोषणा गरेको छ ।

राष्ट्रपति अब्दुल फतेह अल सीसीले उक्त घटना पश्चात् तीन महिनाका लागि देशमा संकटकालको घोषणा गरेका छन् । भने देश भरी नै सैनिक परिचालन गरिएको छ । आतंकवादी समूह इस्लामिक स्टेटले  उक्त आक्रमणको जिम्मा लिदै इस्लामिक राज्यको प्राप्ती नभए सम्मका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

घटनामा मृत्यु हुनेहरू प्रति राष्ट्रपतिले समवेदना व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक बिदाको घोषणा गरेका थिए । 

उक्त चर्च आक्रमणमा चर्च गुरु पोप भने सुरक्षित रहेका थिए ।

प्रकाशित: २८ चैत्र २०७३ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App