२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुसाका कारण चार घण्टा ढिलो उडान

सान् फ्रान्सिस्को- बेलायतको राजधानी लन्डनबाट अमेरिकाको सान् फ्रान्सिस्को उडान हुनुपर्ने ब्रिटिस एयरवेयजको जहाज एउटा मुसाका कारण प्रभावित भएको छ। विमानमा यात्रा गर्ने सम्पूर्ण यात्रीहरु उडानको अन्तिम तयारी सकेर विमानमा बसिरहेका थिए। जब विमान उड्ने बेला भयो एक्कासी विमानका कर्मचारी आएर विमानमा मुसा भेटिएको कारण विमान उड्न नसक्ने जानकारी दिएका थिए।

कर्मचारीको भनाइले उडान हुने या नहुने अन्यौलामा रहेका यात्रुलाई ती कर्मचारीले विमानमा पासपोर्ट बिना मुसा प्रवेश गर्न नसक्ने भन्दै सबैजनालाई नयाँ विमान चाहिने भन्दै हसाएका थिए। मुसाका कारण चार घण्टा ढिला गरी विमान उडेको थियो। सान् फ्रान्सिस्कोको एक स्थानीय केजीओ–टिभीलाई बुधबार सान् फ्रान्सिस्को विमानस्थलमा पुगेपछि उडान ढिला भएतापनि  विमानबाट मुसा हटाएकोमा सबै यात्रु खुसी थिए। अझै खुसी त उनीहरु विमानमै खाना खान पाउने भएपछि भएका थिए।

ब्रिटिस एयरवेजले रमाइलो ढंगले घटनाप्रति माफी माग्दै विमानमा उड्ने बेलामा दुई खुट्टे यात्रु मात्रै रहेकोमा सन्तुष्ट रहेको बताएको छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App