३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी महानताको नयाँ युग शुरु भएको ट्रम्पको उद्‌घोष

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्साहलाई बढाउने प्रतिबद्वता व्यक्त गरेका छन्। अमेरिकी कंग्रेसमा पहिलोपटक सम्बोधन गर्दै उनले वर्षौैंदेखि अमेरिकनहरुले देखेको असम्भव देखिने सबै सपनाहरु पूरा हुने समय आएको बताए। 

अमेरिकामा महानताको नयाँ युग सुरु भएको बताउँदै उनले सबै अमेरिकनहरु सफल हुनका लागि अहिलेको जस्तो अराजकता हट्नुपर्ने बताए। नीतिगत रुपमा मतभिन्नता भए पनि आपसी घृणालाई हटाउन सबै अमेरिकन एकजुट हुनुपर्ने उनले बताए।

नयाँ आप्रवासी कानुन लागू भएको उल्लेख गर्दै उनले बेरोजगारी अन्त्य गरिने, तलबमा समेत वृद्वि हुने तथा अन्य थप सुविधाहरुमा वृृद्वि गरी अमेरिकालाई सुरक्षित बनाउने बताए। 

उनले इस्लामिक समूहलाई नष्ट पारिने पनि दोहोर्‍याए। ट्रम्पले गरिब बच्चाहरुलाई पढाउनमा विद्यालयलाई सहयोग गर्नका लागि सांसदहरुलाई आग्रहसमेत गरे। 

 

प्रकाशित: १८ फाल्गुन २०७३ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App