२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा आप्रसासीलाई प्रवेशमा कडाई गर्न आदेश

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन्।

ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताएका छन्। पेन्टागनमा हस्ताक्षर गरेपछि उनले भने, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेेलाई मात्रै आउन दिन्छौँ ।”

राष्ट्रपति ट्रम्पले शरणार्थीका रुपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पारेका छन्।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । तर समाचारदाताले यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरेका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताका थिए। रासस/सिन्ह्वा

प्रकाशित: १५ माघ २०७३ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App