२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाले सीमा क्षेत्रमा दिएको सुरक्षाका कारण अन्य जनता ढुक्कका साथ सुत्ने गरेको बताउँदै सीमा सुरक्षाको प्रसंशा गरेका छन्।

जवानहरुसँग दीपावली मनाउन हिमाञ्चल प्रदेश पुगेका मोदीले आइतबार इन्डो तिब्बतीयन बोर्डर पुलिस टिटिबिपी, भारतीय सेना र ड्रोगा स्काउटको सभालाई सम्बोध गर्दै भने, ‘तपाईंहरुले सीमामा दिएको सुरक्षाकै कारण मानिस विना कूुनै डर आरामले सुत्छन् यदी तपाईंहरु नहुने हो भने मानिसहरु आरामसँग निदाउन सक्दैन थिए होलान् ।’

मोदीले गत हप्ताबाट सेनाका लागि सन्देश नामक अभियान सुरु गरेका थिए। जसमा उनले आमजनतालाई सेनालाई दिवालीको सन्देश पठाउन आग्रह गरेका थिए। उनले यस्तो गर्नाले सीमामा भारतको सुरक्षाका लागि खटिएका सेनाको मनोबल बढ्ने र उनीहरुले पनि परिवारबाट टाढा रहे पनि दिपावली मनाएको अनुभव गर्ने बताएका थिए।

प्रकाशित: १४ कार्तिक २०७३ १०:१५ आइतबार

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी