७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा एक महिनामा ६० हजारको मृत्यु

कोभिड– १९ रोगले चीनमा गत एक महिनामा ६० हजारको मृत्यु भएको छ। चीनले गत डिसेम्बर ७ देखि तीन वर्ष लामो शून्य कोभिड नीति अन्त्य गरेको थियो। सो नीति परित्याग गरेयता यति धेरै संख्यामा सर्वसाधारणको मृत्यु भएको चीन सरकारले बताएको हो। 

सरकारी तथ्यांकअनुसार गत डिसेम्बर ८ देखि १२ जनवरीसम्म ५९ हजार ९३८ जना सर्वसाधारणको मृत्यु भएका हो। विगतका सातामा अस्पतालमा बिरामीको अत्यधिक चाप र शवदाह गृहमा पालो कुर्नुुपर्ने स्थिति रहे पनि कोरोनाजन्य मृत्युको सही तथ्यांक सार्वजनिक नगरेको आरोप चीनमाथि थियो। 

मृत्यु हुनेमा अधिकांश ८० वर्षमाथिका र अन्य रोगका बिरामी रहेको बताइएको छ। सरकारी तथ्यांकअनुसार ५,५०३ जनाको भाइरसका कारण सिर्जित श्वासप्रश्वाससम्बन्धी रोगका कारण र ५४,४३५ जनाको भाइरससँग सम्बद्ध अन्य रोगका कारण मृत्यु भएको हो। यो गणनामा मेडिकल केन्द्रमा भएका मृत्युलाई मात्र समावेश गरिएकाले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने आकलन छ। 

प्रकाशित: ३ माघ २०७९ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App