६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

५३३ पत्रकार जेलमा

हालै सार्वजनिक एक प्रतिवेदनअनुसार विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन्। ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिकका गरी पाँच सय ३३ पत्रकार जेलमा रहेको उल्लेख छ।  

प्रतिवेदनमा यो वर्ष ५७ जना पत्रकारको मृत्यु भएको, ६५ जनालाई बन्धक बनाइएको र ४९ जना बेपत्ता भएको उल्लेख छ। यो तथ्यांक अघिल्लो वर्षको तुलनामा वृद्धि भएको प्रतिवेदनमा औंल्याइएको छ। जेल पर्ने पत्रकारको संख्या भने अघिल्लो वर्षको तुलनामा १३ दशमलव ४ प्रतिशतले बढेको पाइएको छ। प्रतिवेदनमा यो वर्ष ७८ जना महिला पत्रकार जेल परेको र यो संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी रहेको उल्लेख छ।  

प्रतिवेदनमा चीनमा पत्रकारमाथि अंकुश र निगरानी उच्च तहमा पुगेको उल्लेख छ। चीनमा सबैभन्दा धेरै पत्रकारलाई जेलमा राखिएको प्रतिवेदनमा जनाइएको छ। चीनमा अहिले ११० जना पत्रकार जेल चलान भएको प्रतिवेदनमा लेखिएको छ। चीनपछि इरान पनि पत्रकारलाई जेल चलान गर्ने मुलुकको सूचीमा अग्रस्थानमा रहेको देखाइएको छ। इरानमा ४७ जना पत्रकार जेलमा छन्।

प्रकाशित: १ पुस २०७९ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App