४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पहिलो पटक गोरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु

गोरखा अस्पतालमा जडित हेमोडायलासिस मेसिन।

गोरखा अस्पतालमा पहिलो पटक मंगलवारदेखि हेमोडायलासिस सेवा सुरु भएको छ। पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए।

‘मृगौलाको डायलासिस गराएका र निरन्तर सेवा लिनुपर्नेहरुका लागि यहाँ नै हेमोडायलासिस सुरु भएको हो’ उनले भने। मंगलबाट उपचार सेवा लिएका बिरामीले नियमित सेवा दमौलीबाट लिँदै आएका थिए।

अस्पतालले हेमाडायलासिस गराउनुपर्ने बिरामीलाई पूर्व जानकारी गराउन सूचना गरेको छ। अहिले सम्म पाँच जना बिरामीले सम्पर्क गरेका छन्। बुधवार दुई जना र क्रमैसँग सबैले सेवा पाउने सूचना अधिकारी ढकालले बताए। अहिले नाम दर्ता गराएकाहरुले पनि काठमाण्डौँ, पोखराबाट सेवा लिँदै आएको बताएका छन्। हेमोडायलासिस सेवा जिल्ला अस्पतालमै सुरु भएपछि बिरामीहरुलाई फाईदा पुगेको छ।  

अस्पतालले यो सेवा निशुल्क दिएको छ। ‘अस्पतालमा सेवा थपिएको छ, सर्वसाधारणलाई राहत मिल्छ’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ‘तालिमप्राप्त विषेशज्ञ, फिजिसियन, एमडिजिपी चिकित्सक नभएको खण्डमा समस्या हुन सक्छ।’ विषेशज्ञ चिकित्सकको दरबन्दीे हो भने सेवा निरन्तर दिन सकिने उनले बताए।  

हेमोडायलासिसमा प्रयोग हुने उपकरण लामो समयदेखि अस्पतालमा थन्किएको थियो। नयाँ भवन निर्माण सँगै अस्पतालले यो सेवा थप गरेको हो।

प्रकाशित: ७ भाद्र २०७९ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App