२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चित्रमा आँखा उपचारको कथा

जनकपुरका चित्रकार  निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले भित्तेचित्रमा आँखा उपचारको कथा लेखेका छन्। सो चित्रको अनवारण मंगलबार अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी अधिकृत डा.रिता गुरुङले संयुक्त रुपमा गरेका हुन्। दुतावासको सहयोगमा नेपाल स्थित रिलेटिभ नेपाल र सारङ्गी सोसल इन्टरप्राइजेजमार्फत ‘ दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु’ बिषयक भित्तेचित्र निर्माण गरेका हुन्।

चित्रमा तिलगंगाको दुर्गम गाउँमा हुने आँखा शिविरमा पुगेका बिरामी थप उपचारको लागि तिलगगा आँखा प्रतिष्ठानसम्म पुगेर आँखाको थप उपचार गरेपछि आँखामा रहेको अन्धोपना हटेको र उनीहरुको जीवनमा दृष्टि आउँछ। आँखामा दृष्टि आएपछि जीवनमा आएको परिवर्तनको कथा समेटिएको छ।

चित्रमा पुन प्रयोगयोग्य प्लास्तिकको वोटलवाट चश्माको खोल निर्माण गरेर स्थानीय रोजगारी सिर्जना गरी विश्व बजारमा पुर्‍याउनु लक्ष्य रहेको कुरा व्यक्त गरिएको छ।

जसले गर्दा नेपालमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीहरुको विश्वव्यापी प्रचारप्रसारमा थप सहयोग पुग्नेछ। विश्वव्यापी पहुँचले अमुर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरुलाई सशक्त बनाउन पनि ध्यान पुग्नेछ।  

मिथिला चित्रकारद्धय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपश्चात आँखा देख्ने सक्ने भएका चित्रकारहरु हुन्। चित्रकार सिंहका अनुसार मोतिविन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रिया पश्चात अहिले एकदम सहज भएको छ। त्यस्तै अर्का चित्रकार यादवको पनि अनुभव रहेको छ। त्यसैले यस चित्रमा उनीहरुले आँखाको महत्वलाई यसरी चित्रित गराउँन पाउँदा खुशी लागेको बताए।  

सारंगी सोसल इन्टरप्राइजेजले गन्र्धव समुदाय र जनकपुरका मिथिला कलाकारहरुसँग मिलेर परम्परागत कला र संगितको प्रवर्दन र संरक्षण गर्ने काम गर्नुका साथै स्थानीय सांस्कृतिक परम्पराहरुको संरक्षण, प्रवद्र्धन र २१ औं शताब्दीमा सान्दर्भिक बनाउन प्रयासरत रहेको एक गैर नाफामूखी संस्था हो।

प्रकाशित: १८ श्रावण २०७९ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App