२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिविरमा २ हजारले लिए सेवा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य सेवा लिएका छन्। बुधवार र बिहीबार सञ्चालित शिविरमा १ हजार १ सय ९२ महिला र ७ सय ८८ पुरुष गरी कूल १ हजार ९ सय ८० जनाले स्वास्थ्य सेवा लिएको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।

नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ७२ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, १ सय २२ जनाले दन्त रोग सेवा, ८९ जनाले यौन तथा छाला रोग सेवा र ३ सय ५ जनाले आँखा रोग सेवा लिएका छन्। 

यस्तै ३ सय जनाले हाडजोर्नी तथा नसा रोग सेवा, २ सय ७९ जनाले जेनेरल मेडिसिन सेवा, १ सय ८६ जनाले रेडियोलोजी सेवा, १ सय ५२ जनाले ल्याव सेवा, १ सय २० जनाले नाक, कान तथा घाँटी रोग सेवा, ९१ जनाले बाल रोग सेवा र मुटु रोग बिशेषज्ञ सेवा अन्र्तगत १ सय २० जनाले सेवा लिएकामा ३९ जनाको इसिजी र ६३ जनाको इको गरिएको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर भुवन सुवेदीले जानकारी दिए। 

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले सेवा प्रदान गर्न आएको नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक तथा व्यवस्थापकीय समूहलाई धन्यवाद दिए।  

दुर्गम क्षेत्र मानिएको सिरिजंगा गाउँपालिकामा सञ्चालन भएको यो बृहत शिविरमा सेवा लिन आउनेको संख्या अधिक देखिएको नोबेल मेडिकल कलेज बिराटनगरका मेडिकल डाइरेक्टरएमडी डीएम कार्डियोलोजी डाक्टर राजेश नेपाल नेपालले बताए। 

प्रकाशित: २२ पुस २०७८ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App