coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ब्लु लोटसले टाउको दुखाइ तथा माइग्रेनको निःशुल्क परीक्षण गर्दै

नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटल र यसका जोइन्ट भेन्चरहरु ॐ ब्लु लोटस हेल्थ होम,सातदोबाटो र ब्लु लोटस हेल्थ होम केयर,चुच्चेपाटीले संयुक्त रूपमा यही पौष १ गतेदेखि १० गतेसम्म  बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि टाउको दुख्ने वा माइग्रेनको निःशुल्क परीक्षण गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्मचार्यले भने, ‘यो निःशुल्क परीक्षणको समयमा माइग्रेनको चेकजांचको साथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटकारा पाउने उपाय समेत सिकाइने छ।’

साथै डा.कर्मचार्यले थपे ‘ब्लु लोटसले एक दशकदेखि अकुपञ्चरको जुन विशेषज्ञ सेवा दिएको छ,यो सेवा अन्यत्र सजिलै पाइँदैन र ब्लु लोटसको बहुविशेषज्ञता नेपालमा माइग्रेनको उपचारमा कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु।’

माइग्रेनको उपचारमा आफूहरूले अव्वल सफलता पाइरहेको, बिरामी तथा आफन्तकले दिनुभएको प्रतिक्रियाले आफू उत्साहित बनेको र आफूलाई माइग्रेनमुक्त समाजको परिकल्पना आउने गरेकोले त्यही गन्तव्यका लागि यो निःशुल्क परीक्षण गरिएको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए।

कार्यक्रममा विगत लामो समयदेखि माइग्रेनको उपचारमा संलग्न डा. कमल शर्मा, डा. ईश्वर ज्ञवाली, डा लोकेश कर्ण, डा.नानु गुरुङ,डा.प्रसिद्द खड्गी, डा.प्रशन्न तिवारी लगायतले माइग्रेनको उपचारमा आफूहरूले सोचेभन्दा राम्रो नतिजा पाएको, उपचारको लागि आएकाहरू प्राय सबै बिरामी निको भएकोले यदि कसैलाई टाउको दुख्ने वा माइग्रेनले दुःख दिइराखेको छ भने एकपल्ट निःशुल्क परीक्षणमा सहभागी हुन अनुरोध गरे।

अकुपञ्चर,फिजियोथेरापी,अयुर्वेद, पञ्चकर्मामार्फत वैकल्पिक चिकित्सामा नेतृत्वदायी भूमिका खेल्दै आएको यस ब्लु लोटसले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअनुरूप यसप्रकारको निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। साथै यो निःशुल्क परीक्षणमा सहभागी हुनको लागि त्रिपुरेश्वर ०१–५३६१३९९,सातदोबाटो ०१–५५५०३५०,र चुच्चेपाटी ०१–४४९५१३३ मा फोन गरेर नाम दर्ता गर्नु हुन प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित: ३ पुस २०७८ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App