१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नसर्ने रोगबारे भक्तपुरमा अन्तरक्रिया

भक्तपुरको चाँगुनारायण नगरपालिकाले नसर्ने रोगबारे अन्तरक्रिया गरेको छ।

बढ्दो आधुनिकीकरण, शहरीकरण, घट्दो शारिरीक सक्रियता, खानपानमा आएको बद्लावजस्ता कारण बढिरहेको नसर्ने रोगको रोकथामका लागि नगरपालिकाको स्वास्थ्य शाखाले सो अन्तरक्रिया गरेको हो।

नगरपालिकाका जनप्रतिनीधि तथा स्वास्थ्यका कर्मचारीहरुका लागि आयोजना गरेको सो अन्तरक्रियामा समुदाय चिकित्सा तथा जनस्वास्थ्य चिकित्सा अध्ययन संस्थानका प्रमुख डा. खेमबहादुर कार्कीले सहजीकरण गरेका थिए।

सो क्रममा उनले विश्वभर धेरै किसिमका नसर्ने रोगहरु बढिरहेको बताउँदै सो रोगका कारण मानव समुदायलाई प्रत्यक्ष प्रभाव पारिरहेको बताए। उनले नेपालमा पनि पछिल्लो दशकमा दमखोकी, हृदयघात, पक्षघात, कलेजोसम्बन्धी रोग, मानसिक रोग, मृगौलासम्बन्धी रोगका बिरामीहरु बढिरहेको चर्चा गर्दै ती रोगहरु नियन्त्रणका लागि व्यक्ति स्वयम् सचेत हुनुपर्नेमा जोड दिए।

डा. कार्कीले जनताको स्वास्थ्यलाई प्राथमिकताका राखेर स्थानीय तहहरुले समेत आवश्यक नीति बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नसर्ने रोगले भयावह स्थिति पैदा गरेकोप्रति समयमै ध्यान दिनुपर्ने बताए।

उनले मानिसहरुमा बढ्दो अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग, बढ्दो वायु प्रदूषण, मदिराजन्य पदार्थको अत्यधिक प्रयोग, शारिरीक निस्क्रियताले मानिसको शरिर रोगको घरमा परिणत हुँदै जानु चिन्ताको विषय भएको चर्चा गरे।

उनले नगरबासीलाई स्वस्थ राख्नका लागि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्न नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र एवं जनप्रतिनीधिहरुलाई आग्रह गरे।

डा. कार्कीले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नका  लागि गुणस्तरीय स्वास्थ्यमा पहुँच वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ गर्नुपर्ने, आर्थिक संरक्षण गर्नुपर्ने, स्वास्थ्य करमा वृद्धि गर्नुपर्नेमा समेत जोड दिए।

कार्यक्रम आयोजक शाखाका प्रमुख सत्यकुमार दुवालले नगरपालिकामा पनि नसर्ने रोगका बिरामीहरुको संख्या हरेक वर्ष बढिरहेको जानकारी दिँदै सो रोगहरुविरुद्ध लड्नका लागि आवश्यक नीति बनाउन अन्तरक्रिया गरिएको बताए। उनले चालू आर्थिक वर्षको मंसिरसम्ममा ७० जनाले नसर्ने रोगको उपचारका लागि सिफारिश लगेको जानकारी दिए।

कार्यक्रममा नगरप्रमुख मिश्रले नगरपालिकाले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको बताउँदै स्वास्थ्यकर्मीहरुको दक्षता, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गरिएको बताए।

प्रकाशित: २३ मंसिर २०७८ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App