२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

समाजसेवी पन्थको आर्थिक सहयोगमा बिरामीले गराए आँखा जाँच

मधुवन नगरपालिका–४ का समाजसेवी सुरेश पन्थको आर्थिक सहयोगमा बुधबार १ सय १६ जनाले निःशुल्क आँखा जाँच गराएका छन्। आँखा जाँच गर्न लाग्ने शुल्क ढोढरी स्वास्थ्यचौकीलाई पन्थले उपलब्ध गराएर बिरामीहरुको आँखा जाँच गराएका हुन्। 

नेपाल नेत्र ज्योती संघ बर्दिया शाखाको आयोजना र डाँक फाउन्डेशन पार्टनर फर इक्युटीको आर्थिक सहयोगमा निःशुल्क मोतीबिन्दुको शल्यक्रियाको लागि छनौट शिविर संचालन गरिएको छ। निःशुल्क मोतीबिन्दुको शल्यक्रियाको छनौटको लागि पहिला आँखा जाँच गराउनु पर्छ। आँखा जाँच गर्न स्वास्थ्यचौकीमा लाग्ने न्युनतम शुल्क तिर्न नसक्ने क्षमतास्तरका बिरामीहरुको लागि पन्थले सहयोग गरेका छन्।

आफ्नै गाउँघरका वृद्धा आमाबुवाको आँखा उपचारमा सहयोग गरेर आत्म सन्तुष्टि मिलेको समाजसेवी पन्थले सुनाए। आर्थिक स्थिती कमजोरीका कारण आँखाको जाँच गराउनबाट बञ्चित नहुने उद्देश्यले सहयोग गरेको पन्थले बताए। ‘आर्थिक अभावका कारण आँखाको जाँच रोकिँदैन’, पन्थले भने, ‘तपाईहरु ढुक्क भएर आँखा जाँच गर्नुस्, जति शुल्क लाग्छ म दिन्छु।’

साँझसम्म जति आँखा जाँच गर्ने बिरामी आउँछन् सबैको शुल्क आफूले उपलब्ध गराउने जिम्मा पन्थले लिएका थिए। बुधबार साँझसम्म १ सय १६ जनाले पन्थको सहयोगमा निःशुल्क आँखा जाँच गरेको ढोढरी स्वास्थ्यचौकीकी नेत्र सहायक सुभेक्षा गुरुङ्गले जानकारी दिइन्। जसमा ४० जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने र ५ जनाले चश्मा प्रयोग गर्ने समस्या देखिएको जनाइन्।

समाजसेवी, युवा उद्यमी तथा माओवादीका नेता समेत रहेका सुरेश पन्थ जिल्लामा कुनै दैवीप्रकोपमा परेकालाई दीनदुःखीलाई सहयोग गर्दै आएका छन्।

प्रकाशित: २५ कार्तिक २०७८ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App