१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै मंगलबार ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ७ हजार ११५ पीसीआर परीक्षण र ३हजार १७२को एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५५ कोरोना संक्रमितहरु संक्रमणमुक्त भएको र ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

प्रकाशित: १६ कार्तिक २०७८ १०:३० मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय