१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङ कोरोना मुक्त

ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ। पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए। कोभिड–१९ को दोस्रो चरण सुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए। तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए।  

कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ। पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो। रासस

प्रकाशित: १० कार्तिक २०७८ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App