२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

६७९ जनामा कोरोना, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ६७९ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। मन्त्रालये सो अवधिमा कूल १० हजार ९२० जनामा नमूना परीक्षण गरेको थियो। सोही अवधिमा १ हजार ४०५ जना संक्रमणमुक्त भएको र ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

सोही अवधिमा २६ हजार ४१९ जनाले खोप लगाएका छन्। हाल नेपालमा १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हाल ३३७ जना सघन उपचार कक्षमा उपचाररत छन् भने १०४ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयले हाल १५ हजार ५३४ जना होम आइसोलेसनमा, १ हजार २७० जना संस्थागत आइसोलेसनमा र २५२ जना क्वारेन्टाइनमा रहेको पनि जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७८ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App