५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अमेरिकाले विश्वलाई दिने खोप दुगुना पार्ने

फाइल तस्बिर

आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाले बुधबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खोप सम्मेलनमा यो घोषणा गर्न लागेको एक अधिकारीले बताएकाछन्।

सँयुक्त राष्ट्र संघको ७६ महासभाको बैठकको अवसर पारेर अमेरिकाले यो सम्मेलन गर्न लागेको हो। राष्ट्रपति वाइडेनले अन्य धनी राष्ट्रका नेतालाई खोपका लागि थप प्रतिबद्धता व्यक्त गर्न आह्वान गर्ने तयारी गरेका छन्। 

विश्वमा धनी र गरिब राष्ट्रमा खोपको असमान वितरण भएकाले यो समस्या समाधान गर्न विश्वव्यापी दबाब छ। वुधबार गरिने थप प्रतिबद्धता पछि अमेरिकाले सन् २०२२ सम्म विश्वलाई कुल १ अर्ब १० करोड डोज खोप उपलब्ध गराउनेछ। हालसम्म अमेरिकाले विश्वका एक सय राष्ट्रलाई १६ करोड डोज खोप उपलब्ध गराइसकेको छ।  

अमेरिकाले यो थप प्रतिबद्धता व्यक्त गरे पनि आगामी वर्षका सेप्टेम्बरसम्म विश्वका ७० प्रतिशत जनसंख्या र हरेका राष्ट्रका ७० प्रतिशत जनसख्यालाई लाई खोप उपलब्ध गराउने उछेश्य पूरा गर्न त्यति सजिलो छैन। व्हाइट हाउसले यो सम्मेलनको अवसरमा धनी राष्ट्र र गैरसरकारी निकायलाई परिमाण निर्धारण गरेर खोपको विश्वव्यापी लक्ष्य पूरा गर्न सहयोग गर्न आह्वान गर्ने तयारी गरेको छ। 

विश्वका गरीव राष्ट्रका जनसंख्याले खोपको पहिलो डोज पाउन असमर्थ रहेको बेला आफ्ना नागरिकलाई तेस्रो बुस्टर डोज दिने तयारी गरेको भनेर अमेरिकाको आलोचना भइरहेको बेला अमेरिकाले यो विषयमा थप पहलकदमी लिएको हो। 

विश्वमा हालसम्म झण्डै छ अर्ब डोज कोरोना खोप लगाइएकोछ , यो विश्वका जनसख्याको ४३ प्रतिशत हुन्छ। तर विश्वका कम आय भएका अधिकांश मुलुकले कुल जनसंख्याको २–३ प्रतिशतलाई मात्र खोप उपलब्ध गराउन सकेका छन्। 

विश्व स्वास्थ्य संगठनको अगुवाइमा स्थापना गरेको कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म विश्वका १४१ देशमा २९ करोड ६० लाख डोज मात्र खोप वितरण गरिएकोछ। खोप वितरणमा विद्यमान असमानताले कोरोना महामारी थप लम्बिने र भाइरसका नयाँ भेरियन्टको विकास हुनसक्ने देखिएको छ।

प्रकाशित: ७ आश्विन २०७८ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App