२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्नेहाज केयरद्वारा ललितपुरमा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन

रेबिजमुक्त ललितपुर नाराका साथ स्नेहाज केयरले ललितपुर महानगरपलिकामा 'रेबिज विरुद्धको खोप' कार्यक्रम सन्चालन गरेको छ। 'रेबिज मुक्त ललितपुर' नाराका साथ ललितपुर महानगरपालिकाका सामुदयिक कुकुरहरुलाई खोप दिने लक्ष्यसहित ललितपुर महानगरपालिकामा 'रेबिज विरुद्धको खोप'कार्यक्रम सन्चालन गरेको हो।  

कार्यक्रमको सुरुवात भाद्र १ गतदेखि गरिएको हो। ललितपुरका मेयर चिरी बाबु महर्जनले कार्यक्रममा स्नेहाज केयरको टिमलाई बधाई व्यक्तगर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए।  

स्नेहाज केयरले बिगत ७ बर्ष  देखि सम्पूर्ण पशुहरुको कल्याणमा काम गर्दैै आएको छ । यस संस्थाले समुदायमा भएका जनावरहरुलाई सुरक्षित र रोगमुक्त राख्ने लक्ष्य राखेको छ। रेबिज एक गम्भीर पशु स्वास्थ्य समस्याहो र यो कुकुर , बिरालो जस्ता जनावरहरुबाट मानिसमा पनि सर्ने गर्दछ। रेबिज भाइरस जनावरबाट जनावरमा टोकेर , घाउ र संक्रमित रालको माध्यमबाट सर्छ। यस्को कुनै उपचार छैन  र  यो रोगको परिणाम मृत्यु हो । तसर्थ यो पहल रेबिज खोपको महत्वमा स्थानीय समुदायलाई सचेत गराउनु पनि हो। 

प्रकाशित: २ भाद्र २०७८ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App