१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उयदपुरका साढे ७ हजारले खोप लगाए

अस्पतालमा दोस्रो चरणको खोप लगाइदै। तस्बिरःमहेश्वर/नागरिक

कोभिड बिरुद्धको खोप उदयपुरमा मंगलबारसम्ममा साढे ७ हजारले लगाएका छन्। गत शुक्रबार गाईघाट आईपुगेको चाईनिज कम्पनीको भेरोसिल खोप सोमबारदेखि थालेकोमा दुईदिनमा ७ हजार ४ सय ७५ ले लगाईसकेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

खोप अभियान पहिलो चरणमा जिल्लाका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा चलाइएको छ। जस अनुसार त्रियुगाका विभिन्न ७ वटा स्वास्थ्य चौकी र नगरपालिका केन्द्र गरी ८ र त्रियुगा मावि तथा जिल्ला अस्पतालमा खोप लगाइदैछ। मंगलबार साँझसम्म जोगीदह स्वास्थ्य केन्द्रमा १ सय ७७, देउरीमा ३ सय ७१, भूमरसुवामा २ सय ३०, साउनेमा ७३ र खाँबुमा ७० ले खोप लिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए। उनका अनुसार त्रियुगाकै चिलाउने स्वास्थ्य केन्द्रमा १ सय ७, नरपालिका केन्द्रमा ६ सय गरी २ हजार ३० जनाले खोप लिएका छन्।  

त्यस्तै चौदण्डीगढी नगरपालिकामा बेलटार, बसाहा, हडिया, सुन्दरपुर, चौदण्डी र सिद्धिपुर गरी ६ वटा स्वास्थ्य केन्द्रमा पनि दुईदिन अभियान चलाइएको छ। बेलटारमा १ हजार १ सय ६७, बसाहामा ६ सय, हडियामा ४ सय, सुन्दरपुरमा २ सय ६०, चौदण्डीमा १ सय ४८ र सिद्धिपुरमा १ सय ५) ले खोप लगाएको सुपरभाईजर निरौताले बताए। उनले चौदण्डीगढीमा जम्मा २ हजार ७ सय २१ ले खोप लगाएको बताए।  

अर्को नगरपालिका बेलकाले तपेश्वरी, बबला, मैनामैनी र रामपुरस्थित बेलका नगर अस्पतालमा सोमबार र मंगलबार खोप अभियान चलाएको जनाएको छ। तपेशवरीमा ६ सय १५, बबलामा ८ सय ७३, मैनामैनीमा १ सय २० र नगर अस्पतालमा ८६ जनाले खोप लिएका छन्। बेलकाका ४ वटै खोप केन्द्रमा गरी १ हजार ७ सय ७४ ले खोप लगाएको सुपरभाईजर निरौताले बताए।  

उदयपुरगढी गाउँपालिकामा भने खोप लगाउनेको तथ्यांक यकिन नभएको स्वास्थ्यले जनाएको छ। सञ्चार सम्पर्क हुन नसक्दा उदयपुरगढीमा कतिले खोप लगाए भन्ने जानकारी नआईसकेको सुफरभाईजर निरौताले बताए। उदयपुरगढीमा ७ वटा केन्द्रमा खोप अभियान चलाउने गरी २ हजार १ सय ८ डोज खोप पठाइएको उनले बताए।  

उता जिल्लाका रौतामाई र लिमचुङबुङ गाउँपालिकामा भने १३ र १४ गते खोप लगाउने कार्यतालिका छ। लिमचुङबुङमा ६ वटा केन्द्रबाट ८ सय ६४ जनालाई खोप लगाइने छ। त्यस्तै रौतामाईका ६ वटा केन्द्रबाट २ हजार १ सय १० जनले खोप पाउने भएका छन्। कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा भने आउँदो २० र २१ गते मात्र खोप लगाइने छ। स्वास्थ्य कार्यालयका अनुसार कटारीका ९ वटा केन्द्रबाट ५ हजार ६८ ले खोप पाउनेछन् भने ताप्लीका ५ केन्द्रमार्फत ८ सय ८६ ले खोप पाउनेछन्।  

सोमबारैदेखि सञ्चालन भएको उदयपुर अस्पतालमा हरेक १३ गते नियमित खोप अभियान सञ्चालन गर्नुपर्ने भएकाले कोविडविरुद्धको खोप नलगाइने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए। उनका अनुसार १३ गतेको साटो १४ गते खोप लगाउन लक्षित बर्गलाई बोलाइएको डा. मण्डले बताएका छन्।

प्रकाशित: १३ श्रावण २०७८ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App