१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त

ताप्लेजुङमा करिव ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो विवरणअनुसार अहिले ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ४ सय १७ रहेको छ। जिल्ला प्रशासन कार्यालयका कोभिड –१९ सम्पर्क व्यक्ति खरिदार बिजय गोठाले गौतमका अनुसार कूल संक्रमितमध्ये १ हजार २१ जना संक्रमणमुक्त भएका छन्। 

१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

संस्थागत क्वारेन्टिनमा २ जना रहेका छन्। १३ जना जिल्ला अस्पतालको आइसोलेसनमा र १ जना सिरिजंगा गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा रहेको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ। २ जना संक्रमितलाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी समेत प्रशासनले दिएको छ। जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति गौतमले आफूहरुको अभिलेखमा भने कोरोना संक्रमणका कारण जिल्ला भित्रै १४ जना मानिसको ज्यान गएको विवरण रहेको बताए। 

स्वास्थ्य कार्यालयले ताप्लेजुङ स्थायी ठेगाना भइ अन्यत्र उपचारका क्रममा मृत्यु भएका समेतको विवरण राख्ने गरेको छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता २० जनाको ज्यान गएको छ। कोरोनाको दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा एन्टीजेन बिधि बाट ३ हजार ६ सय ८० र पीसीआर बिधिबाट २ हजार २ सय ३५ गरी ५ हजार ९ सय १५ जनाको परीक्षण गरिएको थियो। त्यसमध्ये पीसीआर बिधि बाट ५ सय ६९ र एन्टीजेन बिधिबाट ८ सय ७४ जना संक्रमितको पहिचान भएको विवरण समेत प्रशासन कार्यालयले उपलब्ध गराएको छ।  

प्रकाशित: २२ असार २०७८ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App