७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

रौतहटका अधिकांश पालिका कोरोना संक्रमणमुक्त भएका छन्। जिल्लामा रहेका १८ स्थानीय तहमध्ये चार ओटामा न्युन संख्यामा संक्रमित रहेका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार उपलब्ध गराएको विवरणअनुसार जिल्लाको चन्द्रपुर नगरपालिकामा आठ जना, देवाही गोनाही नगरपालिकामा तीन जना, गुजरा नगरपालिकामा बीस जना र माधव नारायण नगरपालिकामा एक जना गरी ३२ जना सक्रिय संक्रमित रहेका छन्।

रौतहटमा अन्य जिल्लाका दुईजना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। सक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेका छन्।  

जिल्लाको गौर, गरुडा, ईशनाथ, राजपुर, परोहा, बौद्धिमाई, मौलापुर, कटहरिया, फतुवा विजयपुर, वृन्दावन, गढीमाई, राजदेवी नगरपालिकाका साथै यमुनामाई र दुर्गा भगवती गाउँपालिका सक्रिय संक्रमणमुक्त भएका छन्।

कोरोना संक्रमणको दोस्रो लहरमा एक हजार तीन सय २० जना संक्रमित भएका थिए जसमध्ये एक हजार दुई सय ४० जना निको भइसकेका छन्।  रौतहटका कोरोना संक्रमितको जिल्ला र जिल्ला बाहिर गरी एक सय १६ जनाको दोस्रो लहरमा मृत्यु भइसकेको छ।

सक्रिय संक्रमितको संख्या घटदै गएसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। जिल्लाको बजारहरु खुलिसकेका छन् भने सरकारी कार्यालयहरु पनि संचालनमा आउन थालेका छन्।  

यसैगरी सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App