६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

६ करोड नाघ्यो जनताको सहयोग

नगरपालिकाल सञ्चालन गर्न लागेको ख्वप अस्पतालको निर्माणाधिन भवन। हाल कोरोना पीडितको उपचारका लागि ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गर्दै आएको छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट गरेको आर्थिक सहयोग रकम बिहीबारबाट ६ करोडले नाघेको छ।  

बुधबारसम्म ५ करोड ९६ लाख २६ हजार चार सय आठ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको थियो। त्यसमा विहीबार थप असार ३ गते मात्र थप ६ लाख ८९ हजार १६ रुपैयाँं सहयोग प्राप्त भएको छ। यसहिसावले सहयोग रकम ६ करोड वढी भएको हो।  

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि सहयोग रकम जुटन थालेको थियो। सहयोग रकम जुटने क्रम अझै जारी छ। सहयोग रकम अनुसार नगरपालिकाले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन कार्यसमेत थालिसकेको छ।  

आगामी दिनमा कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं ०१९०३०००००७००२०००००३ खातामा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन अनुरोध गरेको छ।  

कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिट मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा बिहीबार सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थाहरुको नाम, ठेगाना र सहयोग रकम सधैजस्तै बिहीबार पनि सार्वजनिक गरिएको छ।

प्रकाशित: ३ असार २०७८ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App