२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८ सय ५१ संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार  ८ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार  २ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ५१ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये  झापामा ३ सय ३९, मोरङमा २ सय ५६, सुनसरीमा १ सय ९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जना थपिएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको मेचीनगरमा १ सय ५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन्।  मोरङको विराटनगरमा १ सय ४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१ जना छन्।

सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१. जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।

पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ। सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय २८ पुगेको छ। शुक्रबार प्रदेश १ का ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४ सय ६ पुगेको छ। 

प्रकाशित: २१ जेष्ठ २०७८ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App