११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट भेटिएको जानकारी छैनः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन'डब्लुएचओ' ले नेपालमा कोरोनाको थप कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको समाचार आएसंगै विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले समाचारमा भनिएजस्ता भेरियन्ट भेटिएको जानकारी आफूले नपाएको जनाएको हो ।  

डब्लुएचओले सामाजिक सञ्जालमार्फत नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत नभएको जनाएको छ । हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको संगठनले जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७८ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App