६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ६ सय ६३ संक्रमित थपिए

प्रदेश १ मा मंगलबार  ६ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ९ सय ८६ जनाको पीसीआर परीक्षण ६ सय ६३ जनामा कोरोना संक्रमण देखिएको हो।  

मोरङमा २ सय ७२, सुनसरीमा १ सय ८५, झापामा १ सय ३३, धनकुटामा २५,  उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा १ सय ६४,  सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण भेटिएको छ।

सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र  स्थानीय तह नखुलेका ६ जनामा संक्रमण भेटिएको छ।

झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बा¥हदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ।   इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका, रोङ र सुर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २, सोलुखुम्बुमा १ , संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ मा मंगलबार ७ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७ सय ४२ पुगेको छ। सक्रिय संक्रमितको संख्या २० हजार ४९४ पुगेको छ। परीक्षण गरिएकामध्ये २६८ महिला र ३९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App