९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘खोप लगाउन छुटेका पत्रकारलाई प्राथमिकतामा राख्छु’

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई प्राथमिकताका साथ खोपको व्यवस्था गरिने बताएका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आफू अन्तर्गत कार्यरत ६ सय पत्रकार खोप लगाउन छुटेको भन्दै अध्यक्ष बालकृष्ण अधिकारीले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन्।

जवाफमा मन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि प्राथमिकताका साथ खोपको व्यवस्था गरेको भन्दै छुटेका पत्रकारलाई पनि प्राथमिकतामा राखेर खोप लगाउन व्यवस्था मिलाउने आश्वासन दिएका हुन्। पत्रकारका समस्याहरूप्रति जानकार रहेको भन्दै महासंघले अघि सारेका अन्य विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको मन्त्री गुरुङले आश्वासन दिएको प्रतिष्ठान प्रदेशका महासंघका महासचिव रामकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रदेश समितिले कोरोनाबाट मृत्यु भएका च्यानल नेपाल प्रतिष्ठानका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका पत्रकार कृष्णप्रसाद ओझाका परिवारको जीवनयापनका लागि आर्थिक सहयोगका साथै रोजगारीको व्यवस्था मिलाइदिन, कोरोना बिरामी भएका पत्रकारको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि अध्यक्ष अधिकारीले मन्त्रीलाई आग्रह गरेका थिए । त्यस्तै कोरोना भाइरसका कारण सञ्चार उद्योग र सञ्चारकर्मी मारमा परेको भन्दै दुवैलाई सम्बोधन गर्नेगरी अलग अलग राहत प्याकेज ल्याउन सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ। 

सूचना विभागले उपलब्ध गराउने प्रेस पास वितरणमा सहजीकरण गरिदिन, महासंघका सबै सदस्यको अनिवार्य स्वास्थ्य बीमाको व्यवस्था मिलाउन, क्यान्सर, मिर्गौलासहित जटिल प्रकारका रोग लागेका पत्रकारको उपचारका लागि कार्यविधि निर्माण गरी रोगका आधारमा उपचारका लागि निश्चित आर्थिक सहयोगको व्यवस्था मिलाउन प्रतिष्ठान प्रदेश समितिले माग गरेको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App