१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो। फुङ्लिङ नगरपालिका–४ बालमन्दिर टोलकी ६९ वर्षीया वृद्धाको गएराति मृत्यु भएको हो। आफन्तका अनुसार शंकास्पद लक्षण देखिएपछि शनिबार जिल्ला अस्पताल ताप्लेजुङमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा वृद्धालाई कोरोना संक्रमण पुष्टि भएको थियो।  

वृद्धालाई थप उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ। वृद्धाको मृत्युपछि आफन्तले नै सुरक्षा मापदण्ड अपनाएर दाहसंस्कार गर्नेगरी आफूलाई सम्पर्क गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। प्रजिअ पाण्डेले आफुले मृतकका आफन्तलाई दाहसंस्कारमा संलग्नले प्रयोग गर्ने पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामग्री लिएर जान सल्लाह दिएको पनि बताए। 

यसअघि फुङ्लिङ नगरपालिका वडा नं ६ निवासी ५२ वर्षीय पुरुष र अन्दाजी ४८ वर्षीया महिला,फुङ्लिङ ४ निवासी ८५ वर्षीया महिला र ६० वर्षीय पुरुष,फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ निवासी ५१ वर्षीय पुरुष,मैवाखोला गाउँपालिका निवासी २२ वर्षीया महिला र फुङ्लिङ निवासी ९३ वर्षीया महिलाको समेत यसअघि कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । मेरिङ्देन गाउँपालिका घर भइ फुङ्लिङ वडा नं ४ निवासी ३१ वर्षीय पुरुष र फुङ्लिङ ७ निवासी २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टिनभएपनि मृत्यु भने शंकास्पद रहेको बताइएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App