१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गाउँपालिका अध्यक्षसहित ताप्लेजुङमा ३६ जना कोरोना संक्रमित

मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवासहित ताप्लेजुङमा शनिबार एकैदिन ३१ जना कोरोना संक्रमित थपिएका छन्।

मिक्वाखोला गाउँपालिकाका अध्यक्ष साँबासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार आएको रिपोर्टअनुसार मिक्वाखोला गाउँपालिकाबाट ७० जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा २ जना महिला र १४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

गाउँपालिका अध्यक्ष साँबा र वडा नं. ३ लिबाङका वडाध्यक्ष दीपेन्द्र लिवाङको पनि रिपोर्ट पोजेटिभ आएको छ। यस्तै पोजेटिभ रिपोर्ट आउनेमा गाउँपालिका शिक्षा शाखाका प्रमुख, प्राविधिक र कृषि शाखा संयोजक छन् भने साँबा स्वास्थ्यचौकी र पापुङ स्वास्थ्य चौकी इन्चार्जको पनि रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ। साँबास्थित मेवा हाइड्रोमा कार्यरत ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

गाउँपालिका अध्यक्षसहित पोजेटिभ रिपोर्ट आउनेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकामा थप ४ जनाको रिर्पोट पोजेटिभ आएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले थप ४ जना संक्रमित थपिएको जानकारी दिए।

यस्तै आठराइ त्रिवेणी गाउँपालिकामा ८ जनाको एन्टीजेन परीक्षण रिर्पोट पोजेटिभ आएको छ। गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले ८ जनाको एन्टीजेन परीक्षण रिर्पोट पोजेटिभ आएकोले सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

यस्तै ताप्लेजुङ अस्पतालमा शनिबार गरिएको एन्टिजेन परीक्षण रिर्पोट पोजेटिभ आएको छ। यस्तै पाथीभरा याङ्वरक गाउँपालिकामा गरिएको एन्टिजेन परीक्षणबाट ५ जनाको रिर्पोट पोजेटिभ आएको छ। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार दोस्रो भेरिएन्ट सुरुभएयता ताप्लेजुङमा कूल ५ सय १२ जना संक्रमित भएका छन्। तीमध्ये ८३ जना संक्रमणमुक्त भएपछि अहिले सक्रिय कोरोना संक्रमितको संख्या ४ सय २९ झरेको छ। 

प्रकाशित: ८ जेष्ठ २०७८ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App