२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालद्वारा ६२ बेडको कोरोना अस्पताल सञ्चालन

विराटनगरस्थित कोसी अस्पतालले भेन्टिलटरसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोनाको बढ्दो संक्रमणले विराटनगरका अस्पतालमा संक्रमित बिरामीको चाप थेगिनसक्नु भएका बेला कोसी अस्पतालले थप ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो।  

कोरोना अस्पतालको विराटनगरका मेयर भीम पराजुली, कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासलगायतले उद्घाटन गरेका छन्। कोरोना संक्रमित बिरामीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजन, भेन्टिलेटर, एचडियुलगायत सुविधा रहेका छन्। दुईतले भवनमा सञ्चालन गरिएको अस्पतालको भुइँतलामा दुईवटा ब्लगमा अक्सिजनसहित ३२ वटा बेड छन्। यस्तै पहिलो तलामा ५ बेडको भेन्टिलेटर र २५ बेडको एचडियु रहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

अस्पतालमा भेन्टिलेटरसहित नयाँ युनिट सञ्चालनमा आएपछि कोरोना संक्रमणका कारण अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका बिरामी र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने बिरामीले सहज रूपमा सेवा प्राप्त गर्नसक्ने डा. दासले बताए। उनले भने, ‘नयाँ युनिट सञ्चालनमा आएपछि कोरोनाका बिरामीलाई उपचार सेवा प्राप्त गर्न केही सहज हुनेछ।’ 

यसअघि विराटनगरमा कोसी अञ्चल अस्पतालले नै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा विराटनगरलगायत प्रदेश १ मा बिरामीको संख्या दिनानुदिन बढ्दो छ। प्रदेश १ मा दैनिक १ हजार २ सय बढी नयाँ संक्रमित थपिइरहेका छन्। विराटनगरमा मात्रै दैनिक तीन सय ५० भन्दा बढी संक्रमित थपिइरहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७८ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App