१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोसी अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटरसहितको कोरोना अस्पताल

विराटनगरस्थित कोसी अस्पतालले भेन्टिलटरसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोनाको बढ्दो संक्रमणले विराटनगरका अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप थेगिनसक्नु भएका बेला कोसी अस्पतालले थप ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो।  

सो अस्पतालको बुधबार विराटनगरका मेयर भीम पराजुली, कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले उद्घाटन गरे। कोरोना संक्रमित बिरामीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजन, भेन्टिलेटर, एचडीयुलगायत सुविधाहरू छन्। दुईतले भवनमा सञ्चालन गरिएको अस्पतालको भुइँतलामा दुईवटा व्लकमा अक्सिजनसहितको ३२ वटा बेड छ। यस्तै पहिलो तल्लामा ५ बेडको भेन्टिलेटर र २५ बेडको एचडीयु रहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दासले जानकारी दिए।

अस्पतालमा भेन्टिलेटर सहितको नयाँ युनिट सञ्चालनमा आएपछि  कोरोना संक्रमणका कारण अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका बिरामी र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने बिरामीले सहज रुपमा सेवा प्राप्त गर्नसक्ने डा दासले बताए। उनले भने ‘नयाँ युनिट सञ्चालनमा आएपछि कोरोनाका बिरामीलाई उपचार सेवा प्राप्त गर्न केही सहज हुनेछ ।’ यसअघि विराटनगरमा कोसी अञ्चल अस्पतालले नै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो।

कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा विराटनगरलगायत प्रदेश १ मा बिरामीको संख्या दिनानुदिन बढ्दो छ। प्रदेश १ मा दैनिक १ हजार २ सय र विराटनगरमा मात्रै दैनिक तीन सय ५० भन्दा बढी नयाँ संक्रमित बढिरहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App